काठमाडौं-४ को बूढानिलकण्ठ-१० मा दलहरुको आक्रामक प्रचार प्रसार

राष्ट्रपाटी न्युज

१९ कार्तिक २०७९

काठमाडौं। आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित प्रचार प्रसार एबम घर दैलो कार्यक्रम तिब्र बन्दै गएको छ। बहुचर्चित काठमाडौं क्षेत्र नम्बर ४ मा समेत गठबन्धन तथा नेकपा एमालेका उम्मेदवारहरुले प्रचार प्रसारलाइ तिब्रता दिएका छन्। यसैबीच यो क्षेत्रको प्रदेश २ अन्तर्गत धेरै मतदाता रहेको बूढानिलकण्ठ नगरपालिका वडा नं १० सबै उम्मेदवारको चासो र घरदैलो कार्यक्रमको केन्द्र बनेको छ।काठमाडौं क्षेत्र नं ४ (२ ) कै सबैभन्दा बढी मतदाता रहेको यस वडालाई प्राथमिकतामा राखेर राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले चुनावी अभियानलाई तीव्र बनाएका छन।

आज कार्तिक १९ गते शनिवारको दिन नेकपा एमाले र बाम – लोकतान्त्रिक गठबन्धनले बुढानिलकण्ठ -१० लाई घरदैलो अभियानको केन्द्रका रुपमा रोजेर घर दैलो कार्यक्रम संचालन गरिरहेका छन् ।

प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन परिणामलाई प्रभावित पार्न सक्ने मतदाता रहेको यस वडामा गठबन्धन उम्मेदवार गगन कुमार थापा र नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई निरन्तर भेटघाट र घरदैलो गरिरहेका छन भने स्वतन्त्र उम्मेदवार अर्जुन पर्साई समेत आज यसै वडामा सक्रिय रहेका छन् ।

८ हजार ३ सय मतदाता रहेको बुढानिलकण्ठ -१० मा २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको प्यानलनै विजयी बनेको थियो ।
काठमाडौं क्षेत्र नं ४ मा कुल मतदाता ६९,७८२ रहेका छन। निर्वाचन आयोगले प्रकासित गरेको अन्तिम नामावली अनुसार काठमाडौं क्षेत्र नं ४ का १२ वटा वडाको कुल मतदाता ६९ हजार ८ सय ५२ रहेको छ।

काठमाडौं क्षेत्र नं ४ मा सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको छ भने सबै भन्दा कम मत बूढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको छ ।


Published :१९ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media