बूढानिलकण्ठ-१० मा राष्ट्रिय यूवा संघको पार्टी प्रवेश एबं यूवा भेला भव्य रुपमा सम्पन्न

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०७९

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा राष्ट्रिय यूवा संघ नेपालले भव्य छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजन गरेको छ । बूढानिलकण्ठ नगरपालिका कै सबैभन्दा धेरै जनसंख्या एबं मतदाता रहेको यस वडामा बिभिन्न क्षेत्रमा आवद्व रहेका यूवाहरुको उपश्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।

काठमाडौं क्षेत्र नम्बर ४ प्रदेश २ का नेकपा एमालेका उम्मेदवार जयराम थापाको बिशेष उपश्थितिमा भएको उक्त कार्यक्रम युवा संघका बूढानिलकण्ठ-१० अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। बूढानिलकण्ठ-१० राष्ट्रिय यूवा संघ नेपालका नेता दिपेश भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ४ प्रदेश २ का नेकपा एमालेका उम्मेदवार जयराम थापा,बूढानिलकण्ठ-१० का वडाध्यक्ष नवराज भट्टराई ,राष्ट्रिय यूवा संघ नेपाल बूढानिलकण्ठका अध्यक्ष पुरुषोतम सापकोटा लगायतले आफ्नो मन्तव्य राखेका थिए।

उक्त अबसरमा बिभिन्न पार्टी परित्याग गरि आधा दर्जन युवाहरु नेकपा एमालेमा प्रवेश गरेका थिए। उक्त प्रवेश कार्यक्रमको संयोजन राष्ट्रिय यूवा संघ नेपाल काठमाडौंका नेता कर्ण तामाङ्गले गरेका थिए।

आगामी दिनमा समेत राष्ट्रिय यूवा संघ नेपालले निरन्तर सिर्जनात्मक कार्यक्रम संचालन गरिरहने अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन्।


Published :कार्तिक २०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media