काठमाडौं। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।
यसैबीच बूढानिलकण्ठ नगरपालिका वडा नं १२ मा आज नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.राजन भट्टराई तथा प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापाको घरदैलो अभियान सम्पन्न भएको छ। उक्त घरदैलो अभियानमा वडा नं १२ का स्थानीयहरुले न्यानो स्वागत सहित सक्रिय सहभागिता जनाएको नेकपा एमाले बूढानिलकण्ठ नगरपालिका वडा नं १२ का सचिव बिष्णु भट्टराईले जानकारी दिएका छन् ।
नेकपा एमालेको बलियो जनाधार रहेको वडाका रुपमा परिचित वडा नं १२ मा भएको घरदैलो कार्यक्रममा निर्वाचन परिचालन कमिटीका सह संयोजक उद्दव खरेल र केदारराज पुडासैनी ,नेकपा एमाले क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का ,सह संयोजक रमा राई , नगर इन्चार्ज लक्ष्मी संग्रौला,प्रदेस क्षेत्र २ का संयोजक राजन पोखरेल सहित नेता ,कार्यकर्ता तथा वडावासीहरुको बाक्लो उपस्थिति रहेको थियो।