थप १६ जनामा कोरोना संक्रमण, १३ जना मुक्त

राष्ट्रपाटी न्युज

कार्तिक २४, २०७९

काठमाडौं । नेपालमा १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभरबाट १८३७ नमूना परीक्षण गर्दा १६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६१४ र एन्टिजेनबाट १२२३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ र एन्टिजेनबाट ७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप १३ जना कोरोनामुक्त भएका छन् ।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ५६३ रहेको छ ।


Published :कार्तिक २४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media