
काठमाडौं। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।
यसैबीच बूढानिलकण्ठ नगरपालिका वडा नं १३ मा आज नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.राजन भट्टराई तथा प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापाको घरदैलो अभियान सम्पन्न भएको छ। उक्त घरदैलो अभियानमा वडा नं १३ का स्थानीयहरुले न्यानो स्वागत सहित सक्रिय सहभागिता जनाएको नेकपा एमाले बूढानिलकण्ठ सचिव एबम पुर्व वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । जनताले उत्साहजनक ढंगले एमालेलाई चुनिखेलमा स्वागत गरेको भन्दै उनले ठुलो मतान्तरले एमालेले चुनिखेलबाट लिड गर्ने दावी समेत गरेका छन्।
जनताको अपार माया र उत्साहजनक सहभागिताबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा राजन भट्टराई र प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापा उत्साहित बनेको भन्दै उनले चुनिखेलले आगामी निर्वाचनमा ऐतिहासिक भूमिका निर्वाह गर्ने दावी समेत गरेका छन्।
यस वडामा बिगतका दुई वटा स्थानीय तहको निर्वाचनमा प्यानल सहित नेकपा एमालेले विजय हाँसिल गरेको छ।