काठमाडौं। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।
यसै सन्दर्भमा काठमाडौं क्षेत्र नम्बर ४(१ )का नेकपा एमालेका उम्मेदवार तेज प्रसाद ढकालले निर्वाचन प्रचार प्रसारको फरक शैली अपनाएको पाइएको छ। तामझाम र गाडीका लावा लस्कर सहित मतदाताको घर दैलोमा देशभर उम्मेदवार पुगिरहेको बेला उनले भने सादगी शैली अपनाउदै भोट मागेको पाइएको छ। जनताका घर घरमा बिना तामझाम सामान्य रुपमा धेरै जसो हिडेर नै भोट माग्न पुग्ने गरेका उनि सवारी साधन आबश्यक परेमा साथी भाई एबम इष्ट मित्रको मोटर साइकल या स्कुटरमा लिफ्ट माग्ने गर्छन।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितको शैलिमा भोट माग्ने गरेका उनले राष्ट्रपाटिसंग बिशेष कुराकानी गर्दै आफुलाई तामझाम र भड्काव शैली मन नपर्ने भन्दै सादा जीवन उच्च विचारको सिद्वान्तको आधारमा जीवन जिउने र त्यसकै महत्व बुझेर जनताले मत दिने विश्वास समेत व्यक्त गरेका छन्।
राष्ट्रपाटिसंग संक्षिप्त कुराकानी गरेर फर्किने क्रममा समेत उनि नेकपा एमालेका स्थानीय नेताको बाइक लिफ्ट माग्दै थिए।