बूढानिलकन्ठ-१३ मा झ्याप भएर कांग्रेस नेताले एमाले कार्यकर्ता कुटे

राष्ट्रपाटी न्युज

२५ कार्तिक २०७९

काठमाडौं ।आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।

यसैबीच यस क्षेत्रको बूढानिलकण्ठ नगरपालिकामा एमाले कार्यक्रता माथि अभद्र व्यबहार भएको छ। नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ कौडोलमा रहेको सम्पर्क कार्यालयमा प्रवेश गरेर नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता सानुकाजी खत्रीले अभद्र ब्यावहार गरेका छन् ।
मादक पदार्थ सेवन गरेर झ्याप भएर आएका उनले नेकपा एमालेको कार्यालयमा प्रवेस गरि नेकपा एमाले बुढानिलकण्ठ -१३ का सचिवालय सदस्य गोकुल खत्री माथि आक्रमण गरेका छन् ।

कार्तिक २५ गते साँझ आन्दाजी ५.५० बजेको समयमा नेकपा एमालेको सम्पर्क कार्यालय प्रवेस गरेका खत्रीले अपशव्द बोल्दै पटक पटक आक्रमण गरेको दृश्य सामाजिक संजालमा बाहिरिएको छ।

घटना दुखद भएको भन्दै बूढानिलकन्ठ १३ का पुर्व वडाध्यक्ष एबम नेकपा एमाले बूढानिलकन्ठ नगर कमिटि सचिव श्री कृष्ण श्रेष्ठले आपत्ति व्यक्त गरेका छन्।


Published :२५ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media