सत्ता गठबन्धन स्थार्थीहरुको झुण्डः एमाले अध्यक्ष ओली  

राष्ट्रपाटी न्युज

२६ कार्तिक २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देशको विकास नहुने बताएका छन् ।

डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको झुण्ड भएको भन्दै यसबाट देश विकासको अपेक्षा गर्न नसकिने बताएका हुन् ।

ओलीले भने, ‘गठबन्धनले देश चल्दैन । कांग्रेस, माओवादी, एस पार्टीको पनि घोषणापत्र छ । कोही भन्छन् संघीयता चाहिँदैन, कोही भन्छन् प्रत्यक्ष निर्वाचित राष्ट्रपति । चुनावपछि के गर्लान् भन्नुस् त ।’

उनले गठबन्धनसँग विचार र कार्यक्रम नै नभएको बताए । ओलीले भने, ‘नेकपा एमाले देश बनाउने पार्टी हो । एमालेले नै हो देशको समस्या समाधान गर्ने । अब अलमलिनुहुँदैन । राष्ट्र निर्माणको महाभियानमा लाग्नुपर्छ । यस्तो खालको गठबन्धनलाई बाइबाइ भन्नुपर्छ ।’

ओलीले प्रेम आलेले डोटीको बेइज्जत गरेको बताए । ओलीले भने, ‘अस्ति भाषा सुन्नुभएन तपाईहरूको मन्त्रीको । डोटीको बेइज्जत गर्ने । त्यस्ता मान्छेहरूलाई भोट दिन तयार हुनुहुन्छ कांग्रेस, माओवादी केन्द्रका साथीहरूले ।’


Published :२६ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media