गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुने कमल थापाको दाबी

राष्ट्रपाटी न्युज

२८ कार्तिक २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरे ।

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकावन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कव्जा गरेको लिम्पियाधुरा विर्सने नेताहरूभन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठवन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले  सामाजिक सञ्जालमा लेखेका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापा मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा रहेका छन् ।


Published :२८ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media