काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमाले नेतृत्वमा आए मुलुकलाई सही दिशा र गन्तव्यमा पुर्याउन सकिने बताएका छन् ।
सोमबारका काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले मुलुकको राष्ट्रियता र बिकास तथा समृद्धिका लागि एमालेले काम गरेको भन्दै अव एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुर्याउन सक्ने बताएका हुन ।
नेता पोखरेलले अहिले सिद्धान्तहिन, उदेश्यबिहीन र गन्तव्यबिहिन गठबन्धन एकातिर र मुलुकको राष्ट्रियताको रक्षा गर्ने एमाले अर्कोतिर रहेकाले एमालेले नेतृत्व गरेको राजनीतिक ध्रुवको वरिपरि गोलबन्द हुनुपर्ने बेला आएको जिकिर गरेका छन् ।
पोखरेलले अव नेकपा एमालेको बिकल्प अरु राजनीतिक शक्तिहरु हुन नसक्ने बताएका छन् ।
त्यस्तै पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुको राजनीतिक र सांगठानिक जीवनको सुनिश्चितता एमालेले गर्ने धारणा राखेका छन् ।