भयरहित ढंगले मतदान गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन केन्द्रित सुरक्षालाई मजबुत बनाइएको स्पष्ट पारेको छ  । नेपाली सेनाका प्रतिनिधिसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई छेउमा राखेर गृहसचिव विनोद प्रकाश सिंहले आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गराउन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताए ।

गृहसचिव सिंहले भयरहित र उत्साहपूर्ण ढंगले मतदान गर्न सबै मतदाताहरुमा आग्रह गरेका छन् । गृहसचिव सिंहले निस्पक्ष वातावरणमा निर्वाचन गराउन म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीहरु अहोरात्र खटिइरहेको बताए ।

गृहले कसैको प्रलोभन र त्रासमा नपरी मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेको छ । गृहले मुलुकका ९ सय ३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाएको जनाएको छ ।

गृहले निर्वाचन विथोल्ने घोषणा गरेका विभिन्न समूहलाई निगरानीमा राखिएको स्पष्ट पारेको छ । यस्तै प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याएको गृह मन्त्रालयले जनाएको छ ।


Published :२ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media