संघीय संसदका दुईवटा समितिको बैठक बस्दै

राष्ट्रपाटी न्युज

असार २९, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आइतबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारबाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे कानून, न्याय तथा मानवअधिकार समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा २०८२ साल असार २४ गते भेटेकोशी नदीमा आएको बाढी र विपद व्यवस्थापन तथा मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।


Published :असार २९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media