एमाले अध्यक्ष ओलीले महेन्द्र शान्ति विद्यालयबाट गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटबाट मतदान गरेका छन् ।

उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।


Published :४ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media