माओवादीले संविधानसभामा खाता खोल्यो, सिन्धुली-२ बाट राजन दाहाल विजयी

राष्ट्रपाटी न्युज

मंसिर ७, २०७९

सिन्धुली । सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर-२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी भएका छन्।

गठबन्धनका साझा उम्मेदवार दाहाल २७ हजार ५१७ मत प्राप्त गरी विजयी भएका हुन्।

दाहाल नेकपा एमालेका मजोजजंग थापालाई ५ हजार ८३० मतान्तरले  विजयी भएका हुन् ।

एमालेका थापाले २१ हजार ६८७ मत प्राप्त गरे । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधिसभामा खाता खोलेको हो ।


Published :मंसिर ७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media