घन्टीसँगको साझेदारीमा माओवादीलाई हराएको गगन थापामाथि दीपशिखाको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कांग्रेस महामन्त्री गगनकुमार थापामाथि घन्टीसँगको साझेदारीमा माओवादीलाई हराएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखाले थापाविरुद्ध यस्तो आरोप लगाएका हुन् ।

उनले थापालाई घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) सँगको साझेदारीमा अन्य गठबन्धनका सहयात्रीलाई हराएको आरोप लगाए ।

थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्वल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो । तपाईंलाई आगामी यात्राको शुभकामना ।’

उनले आफूहरू जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताए ।


Published :७ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media