खोटाङबाट माओवादीका रामकुमार राई विजयी

काठमाडौँ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका रामकुमार राई (पासाङ) विजयी भएका छन् । एमालेका पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई पराजित गर्दै प्रदेश १ सरकारका खानेपानी मन्त्री राई विजयी भएका हुन् ।

सत्ता गठबन्धन दलको सर्मथनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका माओवादीका केन्द्रीय सदस्य समेत रहेका राईले ३१ हजार ३५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका छन् ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media