कांग्रेस नेता सिटौलालाई पराजित गर्दै झापा–३ बाट राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा । झापा–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । यसअघिको निर्वाचनमा पनि उनीहरु दुईबीचको प्रतिस्पर्धामा लिङ्देन नै विजयी भएका थिए ।

बिहीबार सकिएको मतगणनाअनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरे । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2022 All right reserved

Developed by: Abritti Media