कास्की-२ बाट एमालेकी विद्या भट्टराई निर्वाचित

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छन् । निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै जित निकालेकी हुन् ।

भट्टराईले १६ हजार ९ सय ९८ मत पाउँदा प्रतिद्वन्द्वी स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत पाएका छन् । पोखराको मुख्य बजार क्षेत्रको मत गणना गर्दा कँडेलले सुरुआती मतगणनामा अग्रता बनाएका थिए । एमालेको पकट एरिया मानिने क्षेत्रको मत गणनापछि विद्याले उछिन्दै भारी मतान्तरसहित विजयी भइन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवारसंग प्रतिस्पर्धा हुने ठानिए पनि स्वतन्त्र पार्टीले उछिन्दै धेरै मत ल्याएपछि गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६ सय ५९ समतसहित तेस्रो स्थानमा पुगे ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media