काठमाडौं । गुल्मी १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी निर्वाचित भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी निर्वाचित भएका हुन् ।
उनले ३२ हजार २२७ प्राप्त गरे भने एमालेका ज्ञवालीले ३० हजार ९३५ मत पाए । अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गरेका थिए । गुल्मी १ मा भण्डारी र ज्ञवालीको आलोपालो चलिरहेको छ ।