स्याङ्जा- १ बाट कांग्रेसका राजु थापा निर्वाचित

राष्ट्रपाटी न्युज

मंसिर ९, २०७९

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । उनी २ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद बनेका हुन् ।

थापाले  ३१ हजार ९९९  मत पाउँदा मरासिनीले  २८ हजार ७४४ मत  पाए। यसैगरी, तेस्रोमा स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले  ६ हजार ६५ मत  पाए ।


Published :मंसिर ९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media