पाल्पा-१ बाट एमालेका नारायणप्रसाद आचार्य निर्वाचित

पाल्पा। पाल्पा निर्वाचन क्षेत्र-१ बाट नेकपा एमालेका नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।

आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा कांग्रेसका गाहाले २० हजार २५६ मत प्राप्त गरेका छन् ।


Published :९ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media