समानुपातिकतर्फ एमाले अगाडि, अरु दलको कति ?   

राष्ट्रपाटी न्युज

१० मंसिर २०७९

काठमाडौं । ​​​​​ प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले आज बिहान अद्यावधिक गरेको मत परिणाम अनुसार एमालेले १७ लाख ३७ हजार १३७ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ७३ हजार ४सय ९१ मत प्राप्त गरेको छ ।

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ५८ हजार ६ सय १७ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म सात लाख ३७ हजार ३ सय ४ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ८८ हजार ७ सय ८५, जनता समाजवादी पार्टी (जसपा)ले दुई लाख ७२ हजार ७५, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ५२ हजार ५ सय ३९ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् ।

नेकपा एमाले – १७३३८१८

नेपाली कांग्रेस – १६६९०४३

राष्ट्रिय स्वतन्त्र पार्टी – ७५६६८६६

माओवादी केन्द्र – ७३५७९५

राष्ट्रिय प्रजातन्त्र पार्टी – ३८८१२०

जनता समाजवादी पार्टी नेपाल – २०६९७२

एकीकृत समाजवादी – १५२१४५

नागरिक उन्मुक्ति पार्टी – १३७१०१


Published :१० मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media