सप्तरी-४ बाट कांग्रेसका तेजुलाल चौधरी विजयी

राष्ट्रपाटी न्युज

१० मंसिर २०७९

सप्तरी । सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवलाई पराजित गर्दै चौधरी तेस्रोपटक यो क्षेत्रबाट विजयी भएका हुन ।

चौधरीले २३ हजार ४९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका यादवले १७ हजार ८७७ मत पाए ।

२०७० सालको संविधानसभा निर्वाचनबाट चुनावमा लड्न थालेका चौधरीले २०७० र २०७४ को चुनाव पनि जितेका थिए ।


Published :१० मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media