जयराम थापाको विजय उत्सवमा डा भट्टराई अनुपस्थित

राष्ट्रपाटी न्युज

११ मंसिर २०७९

काठमाडौँ। मङ्सिर-४ गते सम्पन्न निर्वाचन पछि काठमाडौँ क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संघीय सांसदको रुपमा विजय प्राप्त गरेपनि यसै क्षेत्रको प्रदेश -२ मा नेकपा एमालेका उम्मेदवार जयराम थापा बिजयी भएपछी नेकपा एमालेले हिजो मङ्सिर १० गते धन्यबाद ज्ञापन एवं बिजयी जुलुश कार्यक्रम आयोजना गरेको थियो ।

बूढानिलकण्ठ नगरपालिकामा रहेको बूढानिलकन्ठ मन्दिरबाट बिहान ११ बजे र्याली शुरु भइ बेलुका ४ बजे सबै प्रदेश क्षेत्रको भ्रमण पछि बूढानिलकन्ठ-१० स्थित कार्की व्याँकेट्समा कार्यक्रम समापन गरिएको थियो।

उक्त र्यालीको समापन बूढानिलकन्ठ-१० स्थित कार्की व्याँकेट्समा गरिने र समापन कार्यक्रममा नेकपा एमालेका विदेश बिभाग प्रमुख एवं एमाले क्षेत्र नम्बर -४ का उम्मेदवार डा राजन भट्टराईको समेत सहभागिता रहने जानकारी समेत गराइएको थियो । तर डा भट्टराई अन्तिम समय सम्म समेत कार्यक्रममा उपस्थित देखिएनन।

आफ्नो सामाजिक संजाल फेसबुक मार्फत भट्टराईले आफू आफ्नो जन्मस्थान सिन्धुकोट सिन्धुपाल्चोकमा पूजाको लागि गएको उल्लेख गर्दै केहि फोटोहरु सार्वजनिक गरेका छन्।


Published :११ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media