दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी, एमालेका बालकृष्ण शिवाकोटी पराजित

राष्ट्रपाटी न्युज

१९ मंसिर २०७९

दोलखा । दोलखा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी भएका छन् ।
कार्कीले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई तीन सय १७ को मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन । विजयी कार्कीले ३६ हजार सात सय उनान्सय मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरेका छन् ।
दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् भने प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।
कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका दोलखामा कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।
निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचित कार्कीले चुनावको बेला भएका तितामिठा कुरा बिर्सिएर दोलखाको विकासको निम्ति लाग्न आह्वान गरेका छन् ।
आफ्नो जित सबैको जित हो भन्दै उनले भनेका छन्, ‘निर्वाचनको बेला भएका सवै तितामिठा कुरा बिर्सिएर दोलखाको विकासका निम्ति लाग्न मलाई मत हाल्ने र नहाल्ने सबैलाई म अनुरोध गर्न चाहान्छु ।’


Published :१९ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media