काठमाडौं ४ (२) मा कुनै टु टी( Two T ) भएको छैन – जयराम थापा

राष्ट्रपाटी न्युज

मंसिर १९, २०७९

काठमाडौं। स्थानीय तहको निर्वाचनमा बूढानिलकण्ठ नगरपालिकाका मेयरका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका पुर्व एमाले कार्यकर्ता सुमित खरेलले मङ्सिर ४ को निर्बाचन अघि काठमाडौं ४ (२) मा टु टी हुनसक्ने भन्दै सामाजिक संजालमा आफ्नो स्टाटस लेखे। बूढानिलकण्ठ ४ (२ ) का स्थानीय बासिन्दा उनको यो स्टाटसले त्यो बेला एक किसिमको तरंग नै ल्यायो। उक्त स्टाटसमा टु टी अर्थात् दुइ थापा (गगन थापा र जयराम थापा ) लाइ भोट दिने योजना बन्दै गरेको बताउन खोजिएको थियो।

निर्वाचन सम्पन्न भएर नतिजा समेत सार्वजनिक भैसकेपछि नेकपा एमालेका काठमाडौं क्षेत्र नम्बर ४ का संयोजक समेत रहेका विदुर बिक्रम खड्काले पुन अर्को स्टाटस लेख्दै चुनाव अघि सुमित खरेलले लेखेको टु टी सहि भएको देखिएको तर्क गरेका छन्। उनको यो भनाइ पछि एमाले पंक्तिमा अर्को किचलो थपिएको छ।

खड्काले पोस्ट गरेका स्टाटसमा तल्लो स्तरको बिबाद देख्न सकिन्छ। एक अर्कालाई आरोप प्रत्यारोप गर्नमा बिभिन्न युवा समुहका नाममा तछाड मछाड नै देखिएको छ।

यसैबीच काठमाडौं क्षेत्र नम्बर – ४ (२) मा नवनिर्वाचित प्रदेश साम्सद जयराम थापाले टु टी को हल्ला सरासर गलत र भ्रमपूर्ण भएको दावी गरेका छन्। राष्ट्रपाटिसंग कुरा गर्दै उनले कसैसंग कुनै किसिमको गलत सम्झौता नभएको भन्दै आफूलाई डा राजन भट्टराई र सिंगो नेकपा एमालेसंग सम्बन्ध बिगार्न षड्यन्त्र गर्न खोजिएको दावी गर्छन। पार्टीले टिकट नदिएको रिस कतिलाई अहिलेसम्म नमरेको भन्दै उनले आफ्नो राजनीतिक यात्रा यस्ता बिषयले बिचलित नहुने समेत बताएका छन्।


Published :मंसिर १९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media