समानुपातिक सांसदको टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै

राष्ट्रपाटी न्युज

मंसिर २३, २०७९

काठमाडौं ।  नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो लगाउन आज सचिवालय बैठक बोलाएको छ ।

समानुपातिकतर्फ पाएको मतका आधारमा प्रतितिनिसभामा एमालेका ३४ सांसद निर्वाचित हुने छन्। त्यसैगरी मधेस प्रदेशबाहेक चार प्रदेशमा एमाले पहिलो भएको छ भने अरु दुई प्रदेशमा कांग्रेससँग बराबरी सिट ल्याएको छ ।

एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ । आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै दलहरु समानुपातिक सांसदको निर्णय गर्न लागेका हुन् ।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ।


Published :मंसिर २३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media