बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकाका वडाहरुले आफ्नो राजश्व विवरण सार्वजनिक गर्न थालेका छन्। यसै सन्दर्भमा बूढानीलकण्ठ नगरपालिका वडा नं २ को कार्यालयले आर्थिक वर्ष २०७९/८० को मंसिर महिनामा संकलित राजश्व विवरण सार्वजनिक गरेको छ ।
वडाले मंसिर महिनामा कूल रु.११,५१,६६७.२२ (११ लाख ५१ हजार ६ सय ६७ रुपैयाँ) राजश्व संकलन भएको विवरण सार्वजनिक गरेको हो ।
जसमध्ये सबैभन्दा धेरै राजश्व सम्पत्ति कर मार्फत रु.४,८२,१५७.२५ रकम प्राप्त भएको छ। त्यसैगरि घरबहाल कर मार्फत रु.४,६२,४४८ प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै भुमिकर/मालपोत शिर्षकमा करमा रु.१६,०११, व्यवसाय दर्ता (रजिष्ट्रेशन) दस्तुर मार्फत रु.६२,२००, व्यक्तिगत घटना दर्ता मार्फत रु.३१,८०० , सिफरिस दस्तुर बाट रु.१,१५,४०१, अन्य दस्तुरहरु मार्फत रु.४,८०० र अन्य सेवा शुल्कबाट रु.६,८५० कुल राजश्व संकलन भएको छ।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा हाल सम्म वडामा रु.८३,१०,७२६.२७ राजश्व संकलित भइसकेको समेत विवरणमा उल्लेखित छ।