नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम साढे पाँच अर्बमाथि

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा अडिएको हो।

यसदिन ३५० वटा स्क्रिप्सको १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ७२ वटा स्टक्सको मूल्य बढ्दा २०१ वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

रिलायन्स स्पिनिङ्गस मिल्स र सगरमाथा जलविद्युत कम्पनीको सेयर ११ प्रतिशतले बढ्दा लक्ष्मी उन्नति कोषको ८.१६ प्रतिशतले बढ्यो।  १ अर्ब ३८ करोड बराबरको सेयर कारोबार गरी रिलायन्स स्पिनिङ्गस मिल्स शीर्षस्थानमा रह्यो।

सोलु हाइड्रोपावरले ३८ करोडको कारोबार गर्दा रिडी पावरले १६ करोड,खानीखोला हाइड्रोपावरले १५ करोड र विकास हाइड्रोपावरले १२ करोड मूल्य बराबरको सेयर कारोबार गरे। पाँचवटा समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।

हाइड्रोपावर,मनु एण्ड प्रो,म्युचुअल फण्ड,अदर्श  र ट्रेडिङ समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


Published :भदौ १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media