तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै ‘विप्लव’ नेकपाको प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन भन्दै विरोध प्रदर्शन गरेको छ ।

सरकारले आफुहरुसंग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपाले शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन शुक्रबार पार्टी निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीहरुले तीन बुदे कार्यान्वयन गर, आस्थाका बन्दी रिहाई गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनमा अखिल(क्रान्तिकारी) महासचिव ललित विकले बिभिन्न देशी बिदेशी षडयन्त्रकाबीच सरकारले आफुसंग गरेको सहमति कार्यान्वयन गर्न नखोजेको आरोप लगाएका छन् । उनले नेपाली जनताको शान्तिको पक्षमा नेकपासंग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
तीन बुँदे कार्यान्वयनका लागि नेकपाले पुस २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने सो पार्टीले जनाएको छ ।


Published :पुस १, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media