जसपाको राजनीतिक समिति बैठक पुस १८ र १९ गते बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । जसपाको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समिक्षा, विधान अधिवेशन, पार्टी संगठन तथा आगामी कार्यदिशाको बारेमा छलफल हुनेछ ।

जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभाको प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ५ सिट जितेको छ ।


Published :पुस २, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media