काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको वडा नं १२ फैकाचोकमा दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् ।
शनिबर फैकाचोकमा टेम्पु र स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक पेमा डोमा शेर्पा घाइते भएकी हुन् । विपरीत दिशाबाट आएका दुई सवारीसाधन एक आपसमा ठोक्किँदा स्कुटरमा क्षति पुगेको छ भने टेम्पु पल्टिएको स्थानीयले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा परी प्र३-०१ ००८ प १८३८ नम्बरको स्कुटरमा क्षति पुगेको छ । दुर्घटनामा घाइते शेर्पालाई नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको छ भने दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।