ओली निवास बालकोटमा चार दलको सत्ता समीकरणबारे छलफल

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलबीच छलफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ ले बालुवाटारमा गठबन्धन टुटेको घोषणा गरेपछि बालकोटमा पुगेका हु्न् ।

छलफलमा नेकपा एमाले, माओवादी केन्द्र र  राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा ओली,प्रचण्ड,नारायणकाजी श्रेष्ठ,शंकर  पोखरेल, रवि लामिछाने, देव गुरुङ, विष्णु पौडेल, वर्षमान पुन र विष्णु रिमाललगायतका नेताहरु उपस्थित छन् ।

केहीबेर अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोक्नुभएको छ । बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।

तर समयसीमा घर्कदै जाँदा राजनीतिक दलबीच सत्ता बाँडफाडमा टुंगो लागेको छैन ।


Published :१० पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media