गृहद्वारा १५ जिल्लाका प्रजिअसहित सहसचिवहरुको सरुवा

राष्ट्रपाटी न्युज

जेष्ठ २२, २०८३

काठमाडौं । गृह मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ। गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूको सरुवा गरेका हुन् । सरुवासँगै १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत गरिएको छ।

सूचीअनुसार निराजन घिमिरेलाई स्याङ्जा, कुलमान सिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

त्यस्तै बलराम निरौलालाई अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ। त्यस्तै ईश्वरी प्रसाद अर्याललाई संखुवासभा, भविश्वर पाण्डेलाई पाल्पा, जगदिश्वर उपाध्यायलाई नवलपसारी पूर्व, श्यामकृष्ण थापालाई सप्तरी, रुद्रादेवी शर्मालाई धनकुटा, मेखबहादुर मंग्रातीलाई उदयपुर, टुवाराज पोखरेललाई ओखलढुंगा, विजयराज सुवेदीलाई सर्लाही, विनु बज्राचार्यलाई रामेछाप, धर्मराज जोशीलाई सुर्खेत सरुवा गरिएको छ।

त्यस्तै सिर्जना थपलियालाई त्रिअबि अध्यागमनमा सरुवा गरिएको छ भने रामुराज कडरियालाई गृह मन्त्रालयमा तानिएको छ। त्यस्तै प्रदीपकुमार कोइरालालाई विपद् व्यवस्थापन र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्रमा पठाइएको छ।


Published :जेष्ठ २२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media