होमनाथ तिमल्सिनाद्वारा नेपाली कांग्रेस परित्याग

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का नेता होमनाथ तिमल्सिना (नबराज ) ले नेपाली कांग्रेस परित्याग गरि स्वतन्त्र जीवन जिउने घोषणा गरेका छन्। आज भएको सत्ताको जोर घटाउ र बिकसित राजनीतिक घटना क्रमप्रति असन्तुष्टि जनाउदै उनले सामाजिक संजाल फेसबुक मार्फत नेपाली कांग्रेसको क्रियाशील सदस्य पार्टी सभापतिलाइ बुझाउने बताएका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षको उम्मेदवार रहेका उनि नेकपा एमालेका उम्मेदवार शम्भु प्रसाद भट्टराई संग पराजित भएका थिय।

लामो समय देखि प्रजातान्त्रीक आन्दोलनमा सक्रिय उनको पार्टी परित्यागले नेपालि कांग्रेसलाइ ठुलो क्षेती पुग्ने नेपाली कांग्रेसका एकजना स्थानीय नेता बताउंछन् ।


Published :१० पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media