यस्तो छ नवगठित मन्त्रीमण्डलको वरियताक्रम

काठमाडौं । राष्ट्रपति कार्यालयले नवगठित मन्त्रीमण्डलको मर्यादाक्रम तोकेको छ ।

जस अनुसार पहिलो नम्बरमा प्रधानमन्त्री छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति; उर्जा, जलस्रोत तथा सिँचाई; कृषि तथा पशुपंक्षी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; संघीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।

त्यस्तै दोस्रो बरियताक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेल छन्। उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठ तेस्रो वरियताक्रममा छन्।

चौथो वरियताक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । कार्यभार नतोकिएका ज्वालाकुमारी साह पाँचौं, दामोदर भण्डारी छैटौँ, राजेन्द्रकुमार राई सातौँ र अब्दुल खान आठौँ वरितामा छन् ।


Published :११ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media