काठमाडौं । रौतहटको क्षेत्र ३ बाट स्वतन्त्र निर्वाचित प्रभु साह माओवादी केन्द्रमा प्रवेश गरेर मन्त्री बन्न लागि लबिङमा जुटेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन गरेका नेता साह मन्त्री बन्ने दौडमा रहेका छन् ।
माओवादीका एक पोलिटव्युरो सदस्यका अनुसार नेता साहले कुन मन्त्रालय लिने भन्नेबारे उच्चस्तरीय बैठकमा छलफल भइरहेको छ । डेढ वर्षअगाडि माओवादी छाडेर नेता साह एमाले प्रवेश गरेका थिए । गएको निर्वाचनमा उनी निकट सबै आकांक्षीलाई एमालेले टिकट नदिएपछि रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।