बूढानीलकण्ठ नगरपालिकामा तुरुन्त सचिवालय र बिज्ञ नियुक्त गर्नुपर्यो – जयराम थापा

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाले आज बिशेष कार्यक्रम आयोजना गरी काठमाडौं ४(२) बाट नवनिर्वाचित बागमती प्रदेश सदस्य जयराम थापालाई बधाई तथा सम्मान सहित स्वागत गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेको कार्यकक्षमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, नगर प्रवक्ता नवराज भट्टराई, प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने सहित बिभिन्न वडाध्यक्ष लगायत महाशाखा/शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त विशेष अबसरमा प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले नगरपालिकाबाट हालसम्म संचालित तथा आगामी दिनमा संचालन गरिने बिभिन्न योजना र कार्यक्रमहरुबारे बिशेष जानकारी गराएका थिए।

२०७९ सालको निर्वाचनमा बागमती प्रदेश (ख) बाट निर्वाचित थापालाई नगर प्रमुख मिठाराम अधिकारीले शुभकामना मन्तव्य राख्दै खादा र मालाले स्वागत गरेका थिए ।

कार्यक्रममा बिशेष मन्तव्य राख्दै थापाले बूढानिलकण्ठ नगरपालिकामा नगरप्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतले सल्लाहकार एबम सचिवालय राख्न पाउने भन्दै व्यवस्थित सचिवालय नभए कार्य सम्पादन गर्न सहज नहुने बताएका छन्। नगरपालिकालाइ आबश्यक परे बिज्ञको रुपमा नगरपालिका भन्दा बाहिरबाट समेत नियुक्त गर्न सकिने भन्दै उनले अब ढिला नगर्न समेत निर्देशान्तमक भनाइ राखेका थिए। यस अघि चुनाव लगायत बिबिध कारणले सचिवालय गठन गर्न ढिला भएपनि अब ढिला गर्ने छुट नभएको उनको भनाइ थियो।

नगरपालिकाले दिएको सम्मान र सद्भावको कदर गर्दै प्रदेशस्तरीय विकास निर्माणका कार्य, प्राकृतिक स्रोतसाधनको संरक्षण, प्रादेशिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा नगर र प्रदेशको साझेदारी र सहकारीता कायम राख्न समेत उनले जोड दिएका थिए ।

नगरपालिका अन्तर्गत रहेका धोविखोला, मुहान पोखरी, विष्णुमती जस्ता जलाधारका श्रोतको प्रयोगबाट जलाशय निर्माण गरी नगरको खानेपानी समस्या समाधान गर्ने एकिकृत खानेपानी योजनामा केन्द्रित रहनुपर्ने उनको भनाइ रहेको थियो।

शिक्षा, स्वास्थ्य, शुसासन तथा पर्यावरण लगायतको बिषयमा समेत उनले बिशेष मन्तव्य राखेका थिए।

थापाको सम्बोधन तलको लिंकमा हेर्न सकिने छ।

https://fb.watch/hR7ibpifqa/

 


Published :२० पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media