बूढानिलकण्ठमा पुरै १ बर्ष टिक्ने भाग्यमानी कार्यकारी बने भुवनेश्वर लामिछाने

काठमाडौं। बूढानिलकण्ठ नगरपालिकाका हालका प्रमुख प्रशाषकीय अधिकृत भुवनेश्वर लामिछानेको बूढानिलकण्ठ नगरपालिकामा १ एक बर्षे कार्यकाल सम्पन्न भएको छ। अत्याधिक रुपमा कार्यकारी प्रमुख बिबादित हुने र सरुवा भैरहने यस नगरपालिकामा यो पटक भने एकै जना प्रमुख प्रशासकीय अधिकृतले एक बर्षिय कार्यकाल पुरा गर्नु सकारात्मक भएको एकजना वडाध्यक्षको भनाइ छ।

२०७४ साल पछि कुनै पनि कार्यकारी प्रमुख ले १ बर्ष पुरा गर्न सकेका छैनन्। २०७४ असोज २२ गते नियुक्त भएका लिला अधिकारि अख्तियारको फन्दामा परेपछि २०७५ बैशाख १० गते प्रदिप पौडेल प्रमुखको रुपमा नियुक्त भएका थिए। त्यही साल चैत्रमा उनको सरुवा भएको थियो। त्यसपछि आएका कुमार प्रसाद कोइरालाको झन्डै १० महिना पछि सरुवा भएपछी २०७६ साल माघ ०६ गते नारायण प्रसाद रिसाल झन्डै ५ महिना यस नगरपालिकामा रहन पुगेका थिए। २०७७ साल असार २२ गते बैकुण्ठ प्रसाद सापकोटा नियुक्त भएपनि बिबादै विवादका बीच त्यही सालको चैत्र ९ गते उनले बिदा लिनु परेको थियो। त्यसपछि झन्डै १० महिना राजेन्द्र कार्कीले कार्यभार सम्हाले पनि छोड्ने बेलामा उनि पनि बिबादित बन्न पुगे । सरुवा भएर आएका भुवनेश्वर लामिछानेलाइ कार्यभार दिन अस्विकार गरेका उनले बल्ल बल्ल कार्यालय छाडेका थिए।

२०७८ पौष २२ गते तनावका बीच कार्यभार सम्हालेका लामिछाने पुरै १ बर्ष टिक्ने भाग्यमानी प्रमुख प्रशासकीय अधिकृत बन्न पुगेका छन्।तर बेलामा बेलामा उनको समेत सरुवाको चर्चा चल्ने गरेको छ।

आफ्नो १ बर्ष कार्यकाल पुरा भएको अबसरमा प्रतिक्रिया दिंदै उनले आफूलाई सबैको सकारात्मक सहयोग पाएर १ बर्ष पुरा भएको बताउंदै आगामी दिनमा अझ शसक्त रुपमा काममा लाग्ने बताएका छन्।


Published :२० पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media