जनकपुरधाम । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समयसीमा दिएका छन्।
पुस २८ गते बिहीबार साँझ ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको हो ।
कुनै एक दलको स्पष्ट बहुमत नभएकाले प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको नाम मागिएको हो ।
उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३,नेपाली कांग्रेस २२,जसपा १६,जनमत १३,लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७,नागरिक उन्मुक्ति पार्टी,राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् । यहाँ बहुमतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ ।