प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति मिनेन्द्र रिजालको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले प्रधानमन्त्रीको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको नबन्ने बताएका छन् । लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय अस्वाभाविक भन्दै आपत्ति प्रकट गरेका छन् ।  ‘प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको बन्दैन । त्यसैले यो प्रस्तावको पक्षमा मत दिने नेपाली कांग्रेसको निर्णय अस्वाभाविक छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर प्रतिपक्षी दलको हैसियत गुमाएको उनको भनाइ छ ।


Published :२६ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media