प्रधानमन्त्री कप महिला टी–२० मा प्रदेश १ द्वारा लुम्बिनी ९ रनले पराजित

काठमाडौं । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ ।

जनता क्रिकेट मैदानमा सोमबार विहान बाक्लो हुस्सुका कारण समयमै टस हुन नसक्दा खेल ९ ओभरमा झारिएको थियो । ९ ओभरमा झारिएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ९ ओभरमा ४ विकेट गुमाएर ५९ रनको योगफल खडा गरेको थियो ।

जवाफमा लुम्बिनीले ७ विकेट गुमाएर ५० रनमात्र बनाउन सक्यो ।

प्रतियोगिताको समूह बी मा रहेको प्रदेश १ टिम लगातार दोस्रो जितपछि ४ अंकसहित समूहको शीर्ष स्थानमा छ । पहिलो खेल जितेको लुम्बिनी २ अंकसहित दोस्रो स्थानमा छ ।


Published :२ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media