बुनपाले ल्होछार पर्व भव्यरुपमा मनाउने, उपप्रमुख लामाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन

बुढानीलकण्ठ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले आगामी मंगलबार ल्होछार पर्व भव्यरूपमा मनाउने भएको छ ।

नगरपालिकाको वडा-८ स्थित गोल्फुटार मैदानमा माघ ८ गते मंगलबार मनाउने सो कार्यक्रम यसपटक एकीकृत रूपमा मनाउने तयारी गरिएको छ । सबै जातजातिले मनाउने ल्होछारलाई यसपटक एकत्रित भई मनाउन लागिएको हो ।

नगरपालिकाले आयोजना गरेको सञ्चारकर्मी भेटघाट कार्यक्रममा बोल्दै नगर उपप्रमुख अनिता लामाले नगरको सांस्कृतिक  सम्पदा र संस्कारको प्रवर्द्धन गर्नका लागि यसपटक संयुक्त कार्यक्रम गर्न लागिएको जानकारी दिइन् ।

माघ ८ गते दिउँसो १ बजेदेखि शुरु हुने सो कार्यक्रमका लागि विभिन्न वडाहरुबाट -यालीसहित सहभागीहरु आउने जानकारी दिँदै मूल व्यवस्थापन समितिकी संयोजकसमेत रहेकी लामाले कार्यक्रमलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमितिहरुसमेत गठन गरेको बताइन् ।

नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले सहजीकरण गरेको सो सञ्चारकर्मीहरुसँगको भेटघाटमा वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं ६ का अध्यक्ष रवि खड्का,व डा नं ८ का अध्यक्ष सुमन तामाङ, वडा नं ५ का निवर्तमान अध्यक्ष विजय तामाङसहित विभिन्न सञ्चारमाध्यमहरुको उपस्थिति रहेको थियो ।

सो ल्होछार पर्वलाई भव्य रुपमा मनाउनका लागि गठन गरिएका उपसमितिहरु यसप्रकार रहेका छन् :

मूल व्यवस्थापन समिति 

संयोजक : अनिता लामा 

१.मञ्च व्यवस्थापन उपसमिति

संयोजक : सुमन तामाङ

सदस्य : दिलिप थिङ

सदस्य : कर्ण लामा

२.आर्थिक तथा प्रशासन उपसमिति

संयोजक : विजय तामाङ

सदस्य : सुरेन्द्र लामा

सदस्य : विकास तामाङ

३.सांस्कृतिक उपसमिति

संयोजक : राजु तामाङ

सदस्य : दोर्जे तामाङ

सदस्य :सुजन तामाङ

४.प्रचार प्रसार तथा सूचना सञ्चार उपसमिति

संयोजक : उज्वल तामाङ

सदस्य : वसन्त तामाङ

सदस्य : बुद्धि तामाङ

५. खाध्य व्यवस्थापन उपसमिति

संयोजक : दिलिप तामाङ

सदस्य : श्रीमान तामाङ

६. स्वयंसेवक व्यवस्थापन उपसमिति

संयोजक : कर्ण लामा

सदस्य : रणबहादुर तामाङ

सदस्य : श्री लामा

सदस्य : हेब्सिबा तामाङ

सदस्य ; रंजित लामा

७.सांस्कृतिक -याली तथा झाँकी व्यवस्थापन उपसमिति

संयोजक : प्रेमबहादुर तामाङ

सदस्य : दिपक तामाङ

सदस्य :सुमन तामाङ

सदस्य :श्याम तामाङ

सदस्य : मिलन तामाङ

सदस्य : रोहित तामाङ

८. पूजा व्यवस्थापन उपसमिति

संयोजक : इन्द्र लामा

सदस्य :कृष्णबहादुर तामाङ

सदस्य : भिमबहादुर तामाङ

कार्यक्रमको विस्तृत विवरण (स्टल बुकिङ र सांस्कृतिक प्रस्तुतिका लागि सम्पर्क नम्बर तल दिइएको छ।)


Published :६ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media