काठमाडौं । सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ ।
शनिबार काठमाडौंको माइतीघरमा उनका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको प्रदर्शनमा सहभागीको आरोप छ । प्रदर्शनकारीले प्रशासनको विरोधमा नारावाजी पनि गरेका थिए ।
सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासले पदबाट बर्खास्त गर्न आदेशअनुसार शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका हुन् ।
नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको भन्दै लामिछानेलाई पदबाट बर्खास्त गरिएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका समर्थकले माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध र्याली निकालेका छन् । उनीहरुले निर्वाचन आयोग नेपाल र सर्वोच्च अदालतको फैसलाको विरोध गरेका थिए ।