नर्सलाई १० हजारमा काम लगाउने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री गिरीको चेतावनी 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्ने बताएका छन् । बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने उनले बताए ।

नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ,’मन्त्री गिरीले भने,‘नर्सहरूले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने ८/१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्युनतम तलब भत्ता पनि नदिई श्रम शोषण गर्ने कुरा कुनै पनि हालतमा ठिक हुँदैन । त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रो गरी अनुगमन हुनेछ र खोजी खोजी आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नविकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ,’उनले भने ।


Published :१५ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media