बूढानिलकण्ठ नगरपालिकाले संचार नीति बनाउने, नगर प्रवक्ता भट्टराईको संयोजकत्वमा समिती गठन

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकाले संचार नीति बनाउने भएको छ। संचार नीति बनाउन बूढानिलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरिसकेको र समिति समेत गठन भैसकेको एकजना कार्यपालिका सदस्यले जानकारी दीएका छन् । उक्त समितिको संयोजकमा वडा नम्बर १० का वडाध्यक्ष एबम नगर प्रवक्ता नबराज भट्टराई रहेका छन् भने सदस्यहरुमा विभिन्न स्थानीय अनलाइनका सम्पादकहरु पुन्यराज पुडासैनी,सन्तोष लुइटेल, धुर्व प्रसाद घिमिरे, श्याम कार्की, सबिन पन्त , विकास लामा लगायत रहेको उनले जानकारी दिएका छन्।

लामो समय देखि सूचना तथा संचार क्षेत्रको व्यबस्थापनका लागि नगरपालिकामा संचार नीतिको आबस्यकता महसुस गरि निरन्तर माग हुँदै आएको थियो। अब यस समितिले संचार नीति निर्माण गरि सूचना तथा संचारको क्षेत्रमा योगदान पुर्याउने विश्वास समेत उनले व्यक्त गरेका छन्।

त्यसैगरी यस नगरपालिकाले शिक्षा नीति निर्माणका लागि समेत यस अघि नै एक समिती गठन गरिसकेको छ। नेपाल सरकारका पुर्व शिक्षा सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वमा गठन भएको समितिमा नगरपालिकाको शिक्षा क्षेत्रसंग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिहरु तथा जनप्रतिनिधिहरुलाई समेटिएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंह सदस्य सचिव रहेको सो समितिमा कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी , नेपाल शिक्षक संगठनका श्याम श्रेष्ठ ,नेपाल शिक्षक संघका मदन कुमार पौडेल , नेसनल प्याव्सनका नारायण बाबु तिमल्सिना , प्याव्सनका राधेश्याम श्रेष्ठ , तुलसी थापा खड्का,पुष्प अधिकारी र बाबुकाजी श्रेष्ठ रहेका छन् ।


Published :माघ १८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media