मिस नेपाल-२०२३ का लागि आवेदन खुला

काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ। द हिडेन ट्रेजरले बिहीबार पत्रकार सम्मेलनमार्फत आवेदन खुलेको जानकारी दिएको हो ।

आवेदकले २०७९ चैत १ गतेसम्म आवदेन दिन सक्नेछन् । यसको फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने छ ।

यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा भाग लिनका लागि आवेदकले शुल्क तिर्नुपर्दैन ।

विजेताहरू मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनलमा सहभागी हुनेछन् । प्रतियोगिताका लागि सातै प्रदेशमा अडिसन आयोजना हुने छ।

गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले मनिला, फिलिपिन्समा मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन् ।


Published :माघ १९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media