नेप्से र कारोबार रकम दुवैमा गिरावट

राष्ट्रपाटी न्युज

साउन १२, २०८३

काठमाडौं । साताको सेयर कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ। यसदिन नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा झरेको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा अडिएको थियो।

यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। सोमबार ६ अर्ब ८ करोड बढीको कारोबार भएकोमा यसदिन ४ अर्ब ४२ करोड बराबरको कारोबार भयो।

३४२ वटा स्क्रिप्सको १ करोड ४२ लाख १ हजार  ८६३ कित्ता सेयर ४ अर्ब ४२ करोड ७३ लाख  ५हजार ५४२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ९८ वटा स्टक्सको मूल्य बढ्दा १६६ वटाको घट्यो। बाँकी १३ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।लक्ष्मी उन्नती कोषको सेयर ९.१० प्रतिशतले बढ्दा गरिमा समृद्धि योजनाको ५.९८,याम्बलिङ हाइड्रोपावरको ४.३९ र  सिटीजन सुपर ३० म्युचुअल फण्डको सेयर ३.८१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले २७ करोड मूल्य बराबरको कारोबार गर्यो। रिडी पावर कम्पनीले २१ करोडको कारोबार गर्दा सोलु हाइड्रोपावरको १९ करोड,ग्लोबल आइएमई बैंकले १६ करोड र  रिलायन्स स्पिनिग मिल्सले १६ करोड मूल्य बराबरको कारोबार गरे।

चारवटा समूहको उपसूचक बढ्दा बाँकी अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।


Published :साउन १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media