
काठमाडौँ। बूढानिलकण्ठ नगरपालिका र यस क्षेत्रका जनताको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको खानेपानी समस्याको दिर्घकालिन समाधान खोज्ने भन्दै काठमाडौँ क्षेत्र ४ (२) बाट निर्वाचित बागमती प्रदेशसभा सदस्य जयराम थापाले अग्रसरता लिएका छन्। यस नगरपालिकाको वडा नम्बर १३ र २ को बिचमा पर्ने धोवी खोला र महादेव खोलाको दोभानमा रहेको रुद्रेश्वोर महादेव मन्दिर परिसरमा ठुलो बाँध बनाई पानि जम्मा गर्ने र त्यो पानीलाई नगरभर प्रयोग गर्ने बृहत योजना तर्जुमा भै कार्यान्यवनको चरणमा छ। बूढानिलकन्ठ नगरपालिकाले यस योजना निर्माणको शुरुवातको लागि केहि बजेट समेत बिनियोजन गरिसकेको छ।
काठमाडौँ क्षेत्र ४ (२) बाट निर्वाचित बागमती प्रदेशसभा सदस्य जयराम थापाले बूढानिलकण्ठ नगरपालिका क्षेत्रकै गौरवको योजना बन्ने सम्भावना बोकेको यस योजनाले खानेपानी समस्याको समाधान मात्र नभई यस क्षेत्रमा व्यापक रुपमा पर्यटन प्रवर्द्वन हुने र यस क्षेत्रको कायापलट हुने भन्दै यो योजना पुरा गर्न सम्पूर्ण मेहेनतका साथ लागिपर्ने बताएका छन्। अब आफ्नो सम्पूर्ण फोकस खानेपानी समस्याको समाधानमा केन्द्रित रहने उनको भनाइ रहेको छ।
यहि माघ २१ गते सम्पन्न स्थलगत निरीक्षण कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका प्रमुख सहित वडा नम्बर २,७,८,९,१०, १२ र १३ का वडा अध्यक्ष तथा बिभिन्न वडाका वडासदस्यहरु,नेकपा एमालेका बिभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।