काँचुली फेर्दै कपन जोरधारा !!

काठमाडौँ। बूढानिलकन्ठ नगरपालिकाको कपन क्षेत्रमा लामो समय देखि खानेपानीको व्यबस्थापन गर्दै आएको कपन जोरधारा खानेपानी संरक्षण संस्थाले काँचुली फेर्ने संकेत देखिएको छ। बोरिङ्ग गरिएको ठाउँबाट पानी आउन बन्द भएपछी महिनौ देखि खानेपानी वितरण बन्द गरेको यस संस्थाले केहि समय पछि पुन पानी वितरण गर्ने सम्भावना बलियो बनेको छ।

बिभिन्न आरोह अबरोहका बीच बूढानिलकण्ठ नगरपालिकाले बोरिङ खन्ने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (KUKL) ले पाइप जोड्न बजेट व्यवस्थापन गरे संगै जोरधारा खानेपानी संरक्षण संस्थाको समस्या दिर्घकालिन रुपमा समाधान हुने दिशा तर्फ अगाडी बढेको हो।

करिव आठ सय घरधुरीहरुले यस संस्था मार्फत खानेपानी प्राप्त गर्ने गर्दछन् । बोरिङ्ग खन्नको लागि बूढानिलकण्ठ नगरपालिकाले करिव २९ लाख बजेट उपलव्ध गराएको छ। बाँकी ३ लाख २४ हजार उपभोक्ता समितीले व्यवस्थापन गर्ने सम्झौता भएको छ। अब तत्कालै बोरिङ्ग खन्ने काम शुरु हुँदै छ।

यस संस्थाको लागि अर्को महत्वपूर्ण कुरा के छ भने महाँकाल पानी ट्यांकी देखि जोरधारासम्म पाइपलाइन विस्तार हुने भएको छ। त्यसका लागि केयुकेएलले करिव ८४ लाख बजेट उपलव्ध गराउने सहमति भैसकेको छ। यसरि पाइप लाइन जोडिएपछि जोरधारा खानेपानी संस्था दिर्घकालिन रुपमा कपन क्षेत्रको खानेपानी समस्या समाधान गर्ने गौरवको योजना बन्ने देखिन्छ।

राजनीतिक खिचातानी लगायतका बिबिध समस्याका कारण कपन जोरधारा खानेपानी संरक्षण संस्था झन्डै बन्द हुने अबस्थामा पुगेको थियो। तर केहि ढिला भएपनि यो संस्था बूढानिलकण्ठकै गौरवको योजना बन्ने अबस्थामा पुगेको छ।

 

 

 

 

 


Published :माघ २५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media